News Griha :: न्यूजगृह
भारी वर्षापछिको बाढीमा परी ३८ जनाको मृत्यु

बेइजिङ— भारी वर्षाका कारण चीनको बेइजिङमा ३३ जनाको मृत्यु भएको छ । उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ ।

बेइजिङका उपमेयर जिया लिनमाओका अनुसार उद्धारकर्तासहित अन्य १८ जना हराइरहेका छन् । गत हप्तादेखिको वर्षापछि आएको बाढीले घर भत्किएका कारण उनीहरूको मृत्यु भएको हो ।

बाढीले करिब १२ लाख ९० हजार मानिस र करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुर्‍याएको छ । रासस/सिन्ह्वा 
 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १९:३३
Weather Update