News Griha :: न्यूजगृह
नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि

काठमाडौं— नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा भएकाे फाइनल खेलमा नेपालले लाओसलाई २-१ ले हराएकाे हाे ।

नेपालका लागि आयुष घलान र मनिष डाँगीले गोल गरे । खेलमा लाओसले पहिले अग्रता लिएको थियो । खेलको १७ मिनेटमा लाओसका फौथाभोङ साङभिले गोल गरेका थिए ।

७ मिनेटपछि नेपालले बराबरी गोल फर्कायो । २४ मिनेटमा आयुषले गोल गरे । उनलाई एरिक विष्टले डिबक्समा पास मिलाएका थिए । खेल सकिन ३ मिनेट बाँकी छँदा नेपालका मनिषले उत्कृष्ट गोल गरे । 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १९:३८
Weather Update