News Griha :: न्यूजगृह
टेलिकमका रिर्चाज कार्ड हराए

काठमाडौं— नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको जनाएको छ ।

बुधबार गोरखापत्र दैनिकमा सूचना निकालेर टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो ।

टेलिकमको भनाइमा सि.नं.११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको हो ।

ती कार्ड खरिद नगर्नसमेत टेलिकमले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०८:५९
Weather Update