राष्ट्रिय सभा बैठक बस्दै,यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं— राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।
बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसबन्धी पत्रहरूको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्नेछिन् ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० ०७:२६













