News Griha :: न्यूजगृह
तनहुँ र स्याङ्जामा भारी वर्षा

काठमाडौं— तनहुँ र स्याङ्जामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत २४ घण्टामा यी दुई जिल्लामा भारी वर्षा मापन भएको हो ।

तनहुँको बन्दीपुरमा २४ घण्टामा १४४ मिलिमिटर वर्षा मापन भएको छ भने स्याङ्जामा १५७ मिलिमिटर वर्षा मापन भएको छ ।

आज दिउँसो र राति पनि गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०७:१०
Weather Update