News Griha :: न्यूजगृह
शुक्रबार देखियो १ सय ४२ जनामा कोरोना

काठमाडौं— शुक्रबार १ सय ४२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ हजार ७९ जनाको परीक्षण गरिएकोमा १ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो पछिल्लो ६ महिनायताकै सर्वाधिक संक्रमित संख्या हो । गत दुई सातादेखि भारतमा पनि संक्रमण बढिरहेकाले नेपालमा पनि संक्रमण बढिरहेको हो ।

बिहीबार पनि ४२ जना संक्रमित भेटिएका थिए । स्वास्थ्य मन्त्रालयले पनि छिमेकी भारतमा संक्रमण बढेपछि स्वदेश छिर्ने नाकामा कडाइ गर्न थालेको छ ।

मन्त्रालयले अहिले नाकामा भित्रिने व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएका व्यक्तिहरूको परीक्षण गर्दै आएको छ ।

साथै संक्रमण बढेपछि मन्त्रालयले सर्वसाधरणलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १८:३८
Weather Update