News Griha :: न्यूजगृह
यी नदीको जलसतह खतरा तह नजिक

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले  कैलाली र कञ्चनपुरको खुटीया खोला मुडीभर केन्द्रमा जलसतह खतरा तह नजिक रहेको जनाएको छ ।

महाशाखाले अधिकांश स्थानहरूमा भारी वर्षा भइरहेको जनाउँदै जलसतह बढ्दो क्रममा रहेको बताएको छ ।

महाशाखाकाअनुसार चौदर नदी दैजी जलमापन केन्द्रमा जलसतह बढ्दो छ ।

उक्त नदी तटिय क्षेत्रमा रहनेहरू तथा डुबान भइरहने होचो भूभागमा रहनेहरूले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०६:३७
Weather Update