अदालतको आदेशले ललिता निवास प्रकरणको अनुसन्धानलाई थप सहज बनायो : गृहमन्त्री श्रेष्ठ

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको आदेशले ललिता निवास सार्वजनिक जग्गा प्रकरणमा थप अनुसन्धानको लागि आधार तयार गरेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा एमालेले उठाएको प्रश्नको जवाफ दिँदै उनले अनुसन्धान भइरहेको विषयमा अदालतको आदेशले झनै गम्भीर भएर अनुसन्धान गर्न पेरित गरेको बताए ।
‘हामीले अहिले अनुसन्धान प्रक्रिया पूरा गरेका छैनौं,’उनले भने,‘अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ । स्वच्छ र निष्पक्ष ढंगले अनुसन्धान छ ।’
अनुसन्धान प्रक्रियामा जे देखिन्छ त्यही अभियोजनको प्रक्रियामा लैजान सीआईबीलाई निर्देशन दिएको बताउँदै उनले कसलाई छुट दिने भन्ने नभई प्रमाणको आधारमा अघि बढ्ने प्रतिबद्धता जनाए ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १९:४५













