गृहमन्त्री श्रेष्ठको प्रश्न— सरकारसँग विश्वास छैन भनेर समानान्तर मन्त्रिपरिषद् बनाउने ?

काठमाडौं— गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारसँग विश्वास लागेन भनेर समानान्तर मन्त्रिपरिषद् बनाऔं भन्न नमिल्ने बताएका छन् ।
मंगलबार सय किलो सुन प्रकरणबारे प्रतिपक्षीको मागअनुसार संसदमा जवाफ दिँदै उनले सरकारी संयन्त्रलाई विश्वास गर्नुपर्ने बताए ।
उनले भने,‘सरकारले कानून लागू गर्छ । अब संसद्लाई विश्वास भएन भनेर यो सरकारले के कानून लागू गर्न अर्को मन्त्रिपरिषद् बनाऔं भन्न मिल्छ ? ।’
सुन प्रकरणमा राज्यका अंगलाई विश्वास गर्न उनले आग्रह गरे । ‘राज्यको जुन निकायले अनुसन्धान गर्छ त्यसैलाई दिँदा राम्रो होइन र ?’ उनले प्रश्न गरे ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १९:१३













