सय किलो सुन तस्करी प्रकरण
गृहमन्त्रीको जवाफप्रति एमालेको असन्तुष्टि

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सय किलाे सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफप्रति असन्तुष्टि जनाएको छ ।
एमालेले गृहमन्त्रीले प्रतिपक्षको माग बमोजिम जवाफ नदिएकाे जनाएकाे छ ।
एमाले सचेतक महेश बर्तौलाले श्रेष्ठकाे जवाफप्रति असन्तुष्टि जनाउँदै उच्चस्तरीय छानबिन समितिको माग यथावत् रहेको जनाए ।
उनले भने,‘अतिरिक्त समय लिएर बोल्नुपर्छ भन्ने हामीलाई लागेको थिएन् । गृहमन्त्रीले उपयुक्त ढंगले जवाफ दिनुहोला भन्ने लागेको थियो । उहाँले उठेका विषयभन्दा बढी राजनीतिक प्रवचन दिनुभयो । प्रतिपक्षका भनाइप्रति सरकार गम्भीर हुन सकेन । संसद् अवराेध जारी रहन्छ ।’
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १८:५७













