News Griha :: न्यूजगृह
ललिता निवासबारे संसदमा गृहमन्त्रीले भने— तथ्य प्रमाणले जसलाई तान्छ,सबैलाई तान्नुहोस् भनेका छौँ

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले कुनै पनि खालका अपराधलाई निष्पक्ष रुपमा छानबिन गर्न सरकार तयार रहेकाे प्रतिबद्धता जनाए ।

आइतबार सर्वोच्चको संयुक्त इजलासले बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाउमा पुर्‍याउन भूमिका खेलेका उच्चपदस्थ व्यक्तिामाथि पनि छानबिन गर्न आदेश दिएको छ ।

आदेशप्रति प्रतिक्रिया जनाउँदै गृहमन्त्री श्रेष्ठले भने,‘अदालतको आदेशले अनुसन्धानलाई थप आधार तय पारेको छ । यसलाई निष्कर्षमा पुर्‍याउन हामीले निर्देशन दिएका छौँ । जहाँसम्म जानुपर्छ,जानुहोस् भनेका छौँ । तथ्य प्रमाणले जसलाई तान्छ,सबैलाई तान्नुहोस् भनेका छौँ ।’

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १८:२१
Weather Update