News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरणले देशको प्रतिष्ठा र छविमा साह्रै नकारात्मक असर पुर्‍याएको छ : गृहमन्त्री

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय किलो सुन तस्करी प्रकरणले देशको प्रतिष्ठा र छविमा साह्रै नकारात्मक असर पुर्‍याएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले राजश्वमा पनि नकारात्मक असर पारेको बताए ।

उनले भने, ‘सय किलो सुन तस्करी प्रकरणमा देशको प्रतिष्ठा र छविमा साह्रै नकारात्मक असर पुर्‍याएको छ । देशको अर्थतन्त्रमा नकारात्मक असर पारेको छ । सबै पक्षका कारण यसलाई गम्भीरतापूर्वक हेर्नुपर्छ ।’

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १८:१५
Weather Update