भीमदत्त राजमार्गमा पहिरो, यात्रु अलपत्र

काठमाडौं— सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने महत्वपूर्ण भीमदत्त राजमार्ग अविरल वर्षाले गएको पहिरोको कारण अवरुद्ध भएको छ। राजमार्गका विभिन्न ठाउँमा खसेको पहिरोले यात्रु अलपत्र परेका छन् ।

भीमदत्त राजमार्ग अन्तर्गत खानीडाँडास्थित सेल्फीडाँडामा गएको पहिरोको कारण यात्री अलपत्र परेका छन् । खानीडाँडादेखि बुढीतोला सम्मको सडक पुरै चिराचिरा परेको छ भने कतिपय स्थानमा पहिरोले सडकै कटान गरेको छ ।

पहिरोले राजमार्ग अवरुद्ध बनेपछि हिजो रातिदेखि नै खानीडाँडा र बुढीतोलामासयौँ सवारी रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् ।


प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १७:२५













