News Griha :: न्यूजगृह

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले को सत्तापक्ष को प्रतिपक्ष बिर्सिएर अनुसन्धानमा सहयोग गर्न प्रतिपक्षलाई आग्रह गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यसअघि सरकारले थालेका अनुसन्धान निचोडमा नपुगे पनि अब त्यसो नहुने विश्वासका साथ थालिएको अनुसन्धान पूरा हुन दिनु पर्ने बताए ।

‘अनुसन्धान गर्ने विषयमा सम्बन्धित निकायले अनुसन्धान गर्न सुरु गरेको छ, जुन विषयको अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘त्यो विषयमा संयमता अपनाऔँ, हामीले धैर्याता गरौँ, राज्यका निकायहरूलाई सहयोग गरौँ, को सत्तामा छौँ को प्रतिपक्षमा छौँ त्यो बिर्सिएर जाऔँ ।’

उनले अनुसन्धान भइरहेको विषयमा आशंका मात्रै गरेर केही नहुने भन्दै एक भएर अघि बढ्न आग्रह गरे । जनतालाई संसद बन्द भएको हैन् खुला भएको हेर्न मन छ भन्दै उनले संसद अवरुद्ध गरेर समाधान बाहिर खोज्न खोजिएको भन्दै उनले आपत्ति जनाए ।

उनले विश्वमा नेपालको शीर निहुराउने गरी भएको सुन प्रकरणको छानबिनमा गम्भीर हुन उनले गृहमन्त्रीलाई आग्रह गरे । सरकारले फाइल खोल्ने तर त्यसमा आशंका गरेर यस्ता अनुसन्धान प्रभावित हुने गरी प्रस्तुत हुने काम गलत भएको उनको तर्क छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १७:०४
Weather Update