News Griha :: न्यूजगृह
मन्त्रालयलाई प्रतिष्ठित बनाउँछु : नवनियुक्त श्रममन्त्री भण्डारी
तस्बिरः रासस

काठमाडौं— नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । 

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्दै उनले स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने बताए । मुलुकको समृद्धिका लागि श्रम मन्त्रालयले योगदान गर्न सक्ने गरी मन्त्रालयलाई सञ्चालन गरिने उनको भनाई थियो ।  

अहिले मन्त्रालयले गरिरहेका सम्पूर्ण कामकारबाहीलाई पुनरावलोकन गरिने बताउँदै उनले सीपयुक्त दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन पहल गरिने बताए । 

पद बहाली गर्दै मन्त्री भण्डारीले अभिमुखीकरण सेवा प्रदायक संस्थाका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन् । 

Saradsingh Bhandari_Srammantri1680265524.png

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १८:०७
Weather Update