काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रतिनिधि सभा सबै राजनीतिक दलहरूको भएको बताएका छन् ।
उनले प्रतिनिधि सभा बैठक प्रतिपक्षी दलको मात्रै भएको कही नलेखेको बताएका हुन् । ‘म प्रतिपक्षी दलका नेताहरूलाई भन्छु, तपाईंहरूले संसद अवरुद्ध गर्नु भएकै हो,’ उनले भने ।
उनले यो सरकारभन्दा अगाडि भएका गृह मन्त्रीहरूले सुन प्रकरणजस्ता घटनाहरू खोज्न नसकेको भन्दै वर्तमान सरकारले गरेको राम्रो कामलाई राम्रो भन्न नसकेको बताए ।
सांसद पौडेलले सुन प्रकरणबारे छानबिन भएको बताउँदै त्यसको निष्कर्ष नआउँदासम्म धैर्य हुन प्रतिपक्षी दलका नेताहरूलाई आग्रह गरे । उनले भने, ‘हामी सबैलाई थाहा छ, राज्य सुशासनको काममा अगाडि बढेको छ, यसलाई हामीले साथ दिऔँ, सरकारलाई धन्यावाद दिनु पर्छ ।’
यस्तै, उनले बालुवाटार जग्गा हराएको बताउँदै सरकारले आफ्नो नाममा ल्याउने प्रक्रिया गरेको बताए ।