News Griha :: न्यूजगृह
पोखराका शैक्षिक संस्था तीन दिन बन्द हुने

कास्की— आँखा पाक्ने समस्या बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलिदेखि तीन दिनका लागि बन्द हुने भएका छन् ।

आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षे/हिउँदे/स्थानीय बिदाबाट कट्टी हुने गरी साउन २४ गतेदेखि २६ गतेसम्म  बिदा दिने निर्णय गरिएको महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले जानकारी दिए ।

विद्यार्थीहरूलाई सुरक्षित रुपमा घरमा बस्न र  अभिभावकलाई पनि सङ्क्रमणबाट बच्न सूचनामूलक सन्देश सम्प्रेषण गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १६:३०
Weather Update