News Griha :: न्यूजगृह

काठमाडौं— नेकपा एमालेका सांसद योगेश भट्टराईले एक क्विन्टल सुन प्रकरणको छानबिन गर्न उच्च स्तरीय छानबिन समितिको गठन गर्न माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले उच्च स्तरीय छानबिन समितिको महत्व भएकाले सुन प्रकरणको छानबिन गर्न समितिको गठन गर्न आवश्यक रहेको बताए ।

नेकपा एमालेले संसद चलाउन नदिएका भन्दै आफ्नो कुरा राख्न सरकार नदिएको उनको भनाइ थियो । ‘गृह मन्त्री, अर्थ मन्त्री, प्रधानमन्त्रीमाथि हाम्रो प्रश्न छ, सुन प्रकरणबारे भन्सार विभागले प्रश्न उठायो,’ उनले प्रश्न गरे ।

उनले योग्य व्यक्तिलाई राखेर उच्च स्तरीय छानबिन समिति बनाएर सुन प्रकरणको छानबिन अगाडि बढाउन माग गरे ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १६:२३
Weather Update