लामो समयपछि अवरुद्ध संसद बैठक सुरु
काठमाडौं— प्रतिनिधि सभाको बैठक सुरु भएको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच सहमति भएसँगै बैठक सुरु भएको हो ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संसदको अवरोध खुलाउने बारेमा छलफल केन्द्रीत भएको थियो ।
एक क्विन्टल सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा एमालेको अडान राख्दै आएसँगै बैठक अवरुद्ध हुँदै आएको थियो । मंगलबार दिउँसो ३ बजे बोलाइएको प्रतिनिधि सभा बैठक एक घण्टा ढिला गरी बसेको हो ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १६:११













