News Griha :: न्यूजगृह
सभामुख र प्रमुख सचेतक छलफल सम्पन्न

काठमाडौं— प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले बोलाएको बैठक सकिएको छ ।

संसद सचिवालयमा सम्पन्न बैठकमा सदनलाई नियमित अगाडि बढाउनेबारे छलफल भएको हो । दलीय आधारमा एक–एक जनाले आकस्मिक समयमा बोल्न पाउने भएका छन् । त्यसपछि गृहमन्त्रीले जवाफ दिने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।

सबै दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी बैठकमा सदनलाई नियमित अगाडि बढाउने विषयमा छलफल भएको थियो । संसद बैठक तीन बजे बस्ने गरी बोलाइए पनि छलफलका कारण ढिला हुने भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:३७
Weather Update