News Griha :: न्यूजगृह
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्मालाई ४ दलका ३८ सांसदले विश्वासको मत दिएका हुन् ।

मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ ।

उनले राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदको समेत मत प्राप्त गरेका छन् ।

शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) १/१जना सांसदले शर्माको पक्षमा मत हालेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १८:०६
Weather Update