News Griha :: न्यूजगृह
संसद बस्नुअघि सभामुखले सबै दलका प्रमुख सचेतकसँग छलफल गर्ने

काठमाडौं— प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले सबै दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन् ।

बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा सदन खुलाउने सहमति भएपछि सभामुखले सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको नेकपा माओवादी केन्द्रका प्रमखु सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘तीन बजे सदन खोल्ने सहमति भएको छ, त्यसअघि सभामुखले सबै दलका प्रमुख सचेतकसँग छलफल गर्नु हुन्छ,’ उनले भने ।

पाण्डेले तीन दलको बैठकमा सबैले आफ्नो धारणा राखेपछि गृहमन्त्रीले सुन प्रकरणबारे जवाफ दिने सहमति भएको जानकारी दिए । त्यसअघि एमाले सचेतक महेश बर्तौलाले गृहमन्त्रीले जवाफ दिने सहमतिसँगै सदन खोल्न एमाले तयार भएको बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १४:४२
Weather Update