News Griha :: न्यूजगृह

काठमाडौं— गत साउत १० गते अवरोध हुँदै आएको प्रतिनिधि सभा बैठक सञ्चालन हुने भएको छ । गृहमन्त्री नारायकाजी श्रेष्ठलाई प्रतिनिधि सभा बैठकमा बोल्न दिने शर्तसहित बैठक सञ्चालन हुने भएको हो ।

बैठक सञ्चालन गर्नका लागि सत्ता गठबन्धनसहित नेकपा एमालेका शीर्ष नेताहरूबीच दुई दिन बैठक बसेको थियो । सोमबार सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा शीर्ष नेताहरूबीच निष्कर्षविहीन भएको थियो ।

त्यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान संसद्को अवरोध खुलाउने विषयमा छलफल गर्न तीन दलको शीर्ष नेताहरूको बैठक बोलाएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरेसहित दलका सचेतकबीच उपस्थित भएका थिए ।

मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्नुअघि प्रमुख दलबीच सहमति जुटाउन बैठक बसेको हो ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने माग राख्दै एमालेले संसद अवरुद्ध गर्दै आएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १४:२०
Weather Update