News Griha :: न्यूजगृह
देशभर वर्षा भएसँगै सतर्क हुन महाखाशाको आग्रह
फाइल तस्बिर

काठमाडौं— नेपाल बाढी पूर्वानुमान महाशाखाले पछिल्लो बाढीको अवस्थाबारे जानकारी दिएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर बाढी आएको छ ।

वर्षासँगै काठमाडौं उपत्यकासहित देशभर बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बागमती, कोशी, कन्काई नारायणी, कर्णालीलगायत नदीहरूमा पानीको सतह बढेको जनाएको छ ।

यस्तै, महाशाखाले देशभरका पहाडी तथा तराईका जिल्लाहरू बहने नदीहरूमा जोखिम हुने भएकाले सतर्क रहन आग्रह गरेको छ । 

यसैगरी, महाखाशाले बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई र चुरे भई बहने साना नदीहरूमा बाढीको सतह बढ्ने तथा केही नदीहरूमा आकस्मिक बहाव बढेर जोखिम हुने भन्दै सतर्क हुन आग्रह गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:५५
Weather Update