सडक भासिँदा पृथ्वी राजमार्ग ठप्प, वैकल्पिक बाटो जान आग्रह
तनहुँ— पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्ड अवरुद्व भएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मंगलबार दिउँसो सडक भासिँदा अवरुद्व भएको हो ।
सडक अवरुद्व बनेपछि राजमार्ग भएर गुड्ने सवारी साधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
हाल मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आवतजावतको व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।
घटना स्थलमा पुगेका प्रहरीले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको जानकारी गराएको उनको भनाइ थियो ।
ठूला सवारी साधन आवत जावतमा समस्या हुने देखिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १३:२१













