News Griha :: न्यूजगृह
संसद बैठकको जारी गतिरोध अन्त्य गर्न शीर्ष तीन दलको बैठक जारी 

काठमाडौं— प्रतिनिधि सभाको जारी गतिरोध अन्त्य गर्न प्रमुख दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल सुरु भएको छ ।

सोमबार सभामुखको नेतृत्वमा छुट्टाछुट्टै शीर्ष तीन दलका नेतासहित बसेको दुवै बैठक निर्णयमा पुग्न नसक्दा आज पुनः १० बजेको लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा संसदको अवरोध खुलाउने बारेमा छलफल केन्द्रीत रहेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा एमालेको अडानका कारण हिजो सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षविहीन बनेको थियो ।

मंगलबार जारी बैठकमा संसदको गतिरोध अन्त्यका लागि थप छलफलमार्फत संसद सुरु गर्ने सरकारको तयारीअनुसार दिउँसो ३ बजे बोलाइएको प्रतिनिधि सभा बैठक बस्नुअघि प्रमुख दलबीच सहमति जुटाउने प्रयास स्वरूप उक्त बैठक डाकिएको हो । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ११:४९
Weather Update