एमाले पार्टी कार्यालयमा पस्यो मनोहरा नदी

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयमा बाढी पसेको छ । अविरल वर्षाका कारण पार्टी कार्यालय डुबानमा परेको हो ।
ललितपुरको च्यासलस्थित मनोहरा नदी किनारमा रहेको एमाले पार्टी कार्यालय डुबानमा परेको पार्टी उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
‘वर्षा र विध्वंस, यसपाली पनि एमाले केन्द्रीय कार्यालयमा क्षति पुऱ्यायो,’ उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
बर्षा र बिध्वंस
— Bishnu Rimal ~Blue tick goes here (@BishnuRimal) August 8, 2023
यसपाली पनि एमाले केन्द्रीय कार्यालयमा
क्षति पुऱ्यायो । pic.twitter.com/lgZhP8mwT0
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० ११:२८













