News Griha :: न्यूजगृह
मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालन

काठमाडौं— चितवनको मुग्लिन–नारायणगढ सडक खण्डमा एकतर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान पहिरो खसेपछि सवारी आवतजावत बन्द भएको थियो ।

इच्छाकामना गाउँपालिका–६ कालीखोलालगायत स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सवारी साधनको चापका कारण बिहान पहिरो पन्छाएर अवरुद्ध सडक एकतर्फी खुलाइएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १०:३७
Weather Update