
काठमाडौं— देशका विभिन्न स्थानमा भारी वर्षा जारी छ । मंगलबार काठमाडौं उपत्यकालागयत देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
सिन्धुलीकाे तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहनेहरू बिहान अबेरसम्म सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।
दाङको लमाही, भालुबाङ, कुसुम र आसपासमा भारी वर्षा भएको छ । उक्त क्षेत्रमा भएको भारी वर्षाका काराण पश्चिम राप्ती नदीको बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने महाशाखाले जनाएको छ ।
साउन२३ ,बिहान ५ बजे
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 8, 2023
पछिल्लो ३-६ घण्टा बागमती जलाधारको हरिहरपुगढी सिन्धुली,मरिन कुशुनटार र आसपास भारी बर्षा भएको,थप हुने देखिएको;कोखाजोर खोला,मरिन खोला र आसपासका स-साना खोलामा आकस्मिक बाढी हुनको साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम, आज दिउँसो १ बजे सम्म उच्च सतर्कताका अपनाऔ
यसका सहायक नदीहरूको जलसतह एक्कासी बढी आकस्मिक बहाव हुनसक्ने भएकाले नदी तटिय क्षेत्रमा बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाँको कुसुम वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खहरे खोलाहरूमा आकस्मिक बाढी आउनसक्ने, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले जनाएको छ ।
कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खरहे खोलाहरूमा एक्कासी बाढी आउनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूलेसतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
#smsalert
साउन २३ बिहान ५ बजे
बबई नदीको चेपाङ, बर्दियाको बाढीमापन केन्द्रमा जलसतहले खतरा तह (६.८) मिटर पार गरेको र बढ्दो रहेको, बर्दियाको बबई तटीय क्षेत्रमा हुनेहरू दिउँसो २ बजे सम्मै उच्च सतर्कता साथ सुरक्षति रहनुहोला ।@NDRRMA_Nepal
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 7, 2023













