News Griha :: न्यूजगृह
व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन बाटो खुला

काठमाडौं— उच्च अदालत पाटनले काठमाडौंका व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन बाटो खोलिदिएको छ ।

काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानुनी व्यवस्था गरेको थियो ।

उक्त निर्णयविरुद्ध व्यावसायीहरूले दिएको रिटमाथि सुनुवाइ गर्दै सोमबार उच्च अदालतका न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले पार्किङ शुल्क उठाउन बाटो खोलिदिएको हाे ।

साेबारे अदालतले काठमाडौं महानगरसँग लिखित जवाफ पनि माग गरेको छ । अदालतले साउन ३० गते दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।

३० साउनसम्म व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न काठमाडौं महानगरका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

यस्तो छ आदेश

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १९:११
Weather Update