सय किलो सुन तस्करी प्रकरण : वर्षमान पुनले भने— आयोग गठन गरेर छानबिनमा अलमल्याउनु हुँदैन

काठमाडौं— नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले अनुसन्धान गरिरहेको बेला बीचमा अर्को आयोग गठन गरेर यसलाई थप अलमल्याउने काम गर्न नहुने टिप्पणी गरेका छन् ।
सोमबार संसद् भवनमा बसेको तीन दलका शीर्ष नेताबीचको छलफलपछि सञ्चाकर्मीसँग उनले भ्रष्टाचार विरुद्धको कारवाही, तस्करी र सुशासनको काममा सरकार अगाडि बढेको भन्दै यसमा प्रतिपक्षले शंका गर्नु आवश्यक नरहेको बताए ।
उनले भने,‘सरकारले अहिले अनुसन्धान गरीरहेको बेला बीचमा अर्को आयोग गठन गरेर यसलाई अलमल्याउनु हुँदैन ।’
नेता पुनले लचिलो ढंगले सदन खोलौं भनेर प्रधानमन्त्रीले प्रस्ताव गर्दा प्रमुख प्रतिपक्ष दलका तर्फबाट आयोग गठनबिना अहिले खोल्न सक्दैनौं भन्ने प्रतिक्रिया आएको जानकारी पनि दिए ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० १९:००













