News Griha :: न्यूजगृह
रास्वपाका चार सांसदसँग जरिवाना नलिन अदालतको आदेश

काठमाडौं— उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार जना सांसदलाई जरिवाना नगर्न निर्वाचन आयोगलाई आदेश दिएको छ ।

आयोगले चुनाव खर्च सार्वजनिक गरेको जानकारी नगराएको भन्दै कतिपय प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

आयोगले जरिवाना तोकेपछि रास्वपाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगले स्पष्टीकरणको मौकासमेत नदिई जरिवाना गरेको भन्दै उच्च अदालतमा रिट दिएका थिए ।

सोमबार कायममुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १८:४९
Weather Update