रास्वपा सांसद परियार भन्छन्– प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्दा निकम्मा भएका छौं

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्दा आफूहरू निकम्मा भएको टिप्पणी गरेका छन् ।
सोमबार संसदमा शीर्ष तीन दलका नेताहरूबीचको छलफलपछि सांसद परियारले संसद् बन्द गर्ने कुराको आफूहरूको समर्थन नरहने भन्दै प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्ल्दा सबै निकम्मा भएको बताए ।
उनले भने,‘संसद् बन्द गर्ने कुराको समर्थन हामी कहिल्यै गर्देनौं । हामीले चाहेर पनि सदन खुलाउन सक्दैनौं । यसको आफ्नै नियमहरू छन् । प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्ल्दा निकम्मा भएका छौं ।’
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० १८:३८













