News Griha :: न्यूजगृह
राहुल गान्धीको सांसद पद पुनर्बहाली

नयाँ दिल्ली— भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली भएको छ । लोक सभाका महासचिवले उनको सांसद पद सोमबार पुनर्बहाल गरेका हुन् ।

पुनर्बहाली भएसँगै राहुल संसद भवन पुगेका छन् । उनले सं‌सद भवन परिसरमा रहेको महात्मा गान्धीको शालिकमा फूल चढाएका छन् । गान्धी संसद फर्किएसँगै कंग्रेसका नेताहरूले खुसियाली मनाए । उनीहरूले नाराबाजी गरे भने मिठाइ पनि बाँडेका थिए ।

भारतको सर्वोच्च अदालतले गान्धी माथिको सजायमा गत शुक्रबार रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको थियो । सुरत जिल्ला अदालतले गान्धीमाथि मानहानी मुद्दामा २ वर्षको सजाय सुनाएको थियो ।

उक्त आदेशलगत्तै लोक सभाले उनलाई सांसद  बन्न अयोग्य घोषणा गरेको थियो । गत चैतमा सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो । एजेन्सी

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १८:१४
Weather Update