News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलद्वारा राष्ट्रसंघको स्थायी नियोगको राजदूतमा थापा नियुक्त 
फाइल तस्बिर

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका लागि नेपालको राजदूत (स्थायी प्रतिनिधि)मा नियुक्त गरेको छन् ।

सोमबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २८२ को उपधार (१) बमोजिम थापामा लाई नोपलको राष्ट्रसंघीय स्थायी नियोगको राजदूत/स्थायी प्रतिनिधिमा नियुक्त गरिएको हो । 

यसैगरी, गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा दानबहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बियाका लागि, जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूतमा विष्णपुकार श्रेष्ठलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि र संघीय गणतन्त्र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि गैर आवासीय नेपाली राजदूतमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १८:०१
Weather Update