अफगानिस्तानमा विषाक्त खाना खाँदा कम्तीमा दुई सय जना बिरामी
काठमाडौं— अफगानिस्तानको पूर्वी प्रान्त खोस्तमा विषाक्त खाना खाँदा कम्तीमा दुई सय जना बिरामी परेका छन् ।
प्रान्तीय प्रहरी प्रवक्ता मुस्तघफर गरबाजका अनुसार आइतबार साँझ जजाई मैदान जिल्लाको सत्काई गाउँमा गाउँलेहरू एक भोजमा सहभागी भएपछि उनीहरू बिरामी परेका थिए । सबै बिरामीलाई नजिकैको अस्पताल र क्लिनिकमा लगिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको भन्दै विस्तृत विवरण अनुसन्धान रिपोर्टमार्फत जानकारी गराइने ती अधिकारीले बताए । यसैबीच, गाउँले र प्रत्यक्षदर्शी ताहिर अजिमीले भोजको खानाले करिब चार सय बिरामी परेको दाबी गरे ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० १७:३१













