News Griha :: न्यूजगृह
शीर्ष तीन नेताबीच सहमति नभएपछि संसद बैठक भोलिसम्म स्थगित

काठमाडौं— प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्म स्थगित भएको छ । संसदको अवरोध खोल्ने भन्दै शीर्ष नेताहरूबीच सहमति नभएपछि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर आज दिउँसो ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधि सभाको बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको हो ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:५९
Weather Update