News Griha :: न्यूजगृह
संसद खुलाउने विषयमा पुनः शीर्ष नेताबीच छलफल सुरु

काठमाडौं— प्रतिनिधि सभा बैठक सञ्चालनको विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच पुनः वार्ता सुरु भएको छ । सोमबार दिउँसो सिंहदरबारमा बसेको पहिलो बैठक बिना निष्कर्ष टुंगिएको थियो । 

पहिलो चरणको छलफलमा आ–आफ्ना पार्टीमा आन्तरिक छलफल गरेर पुनः बस्ने सहमति भएको थियो । सोहीअनुसार संसद भवन बानेश्वरमा दोस्रो चरणको बैठक सुरु भएको हो ।

जारी छलफलमा सभामुख देवराज घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू रहेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:३२
Weather Update