News Griha :: न्यूजगृह

काठमाडौं— नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी र जनताले उठाएको उच्च स्तरीय छानविन समितिको बनाउने मागमा सहमति भए अवरुद्ध संसद खुल्ने बताएका छन् ।

शीर्ष तीन दलको बैठक जारी रहदा पत्रकारसँग कुराकानी गर्दै सचेतक बर्तौलाले उच्च स्तरीय छानविन समिति बनाउने सहमति भए सदन अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘प्रतिपक्ष र जनताले उठाएको माग उच्च स्तरीय छानविन समिति बनाउने कुरामा सहमत भएर आउने छ र सदन अगाडि बढ्ने छ भन्ने विश्वास छ ।’

यसैबीच संघीय संसद सचिवालयबाट अपरान्ह ४ बजे बस्ने गरी संसद बैठकको सूचना जारी भएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १५:४८
Weather Update