News Griha :: न्यूजगृह
पाकिस्तान रेल दुर्घटनामा मत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं— पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा ३० पुगेको पाकिस्तानी प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार आइतबार रेलका कम्तीमा १० वटा डिब्बा लिकबाट खस्दा भएको उक्त दुर्घटनामा कम्तीमा सय जनाभन्दा बढी घाइते भएका छन् ।

सिन्ध प्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले नौ वटा डिब्बालाई खाली गरिएको र बाँकी डिब्बाका यात्रुको उद्धार कार्य जारी रहेको जानकारी दिए । उनले गम्भीर घाइतेलाई थप उपचारका लागि दक्षिणी बन्दरगाह शहर कराँची पुर्‍याइएको बताए ।

कराँचीबाट देशको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गरेको रेल नहरको पुल पार गर्ने क्रममा १६ देखि १७ वटा डिब्बा रहेको हजारा एक्सप्रेस रेल लिकबाट तल खसेको थियो ।

रेलमन्त्री ख्वाजा साद रफिकले अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको र रेलमा ‘आक्रमण’पछि दुर्घटना भएको हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिने बताए ।
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १५:०४
Weather Update