News Griha :: न्यूजगृह
राष्ट्रिय सभा बैठक स्थगित, अर्को बैठक २४ गते बस्ने 

काठमाडौं— राष्ट्रिय सभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेपछि बसेको बैठक सुरु हुन नपाउँदै स्थगित भएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि बैठक स्थागित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक साउन २४ गतेका लागि बोलाइएको छ ।

बैठकमा ‘विधायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन २०८०’ लाई राष्ट्रिय सभामा पेश गर्ने कार्यसूची रहेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १४:३७
Weather Update