राष्ट्रिय सभामा नेकपा एमालेको अवरोध, बैठक सुरु हुन सकेन
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । सोमबार दिउँसो १ बजेपछि बसेको बैठक सुरु हुन नपाउँदै अवरोध गरेको हो ।
बैठकमा ‘विधायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन २०८०’ लाई राष्ट्रिय सभामा पेश गर्ने कार्यसूची रहेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० १३:४४













