News Griha :: न्यूजगृह

काठमाडौं— निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले योजना बनाउनुअगाडि भुक्तानी तालिका बनाउनु पर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा दोस्रो चरणको आन्दोलन गर्दै अध्यक्ष सिंहले अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँको भुक्तानी नभएको, अव्यवहारिक माइलस्टोनको कारणले ४० अर्ब गरिसकेको कामको बिल बन्न नसकेको र चार खर्बको तीन हजार आयोजनाको म्याद थप भएको भन्दै सरकारले यसको समाधान गर्नु पर्ने बताए । 

‘अर्थ मन्त्रीले दिनुभएको प्रतिवद्धताअनुसार हामीले काम गरेर विभिन्न विकास योजनाहरूले अर्थ मन्त्रालयमा माग गरेको रकमान्तरको रकम १० अर्ब रुपैयाँको भुक्तानी भएको छैन, अव्यवहारिक माइलस्टोनको कारणले ४० अर्ब गरिसकेको कामको बिल बन्न सकेको छैन,’ उनले भने, ‘तीन हजार आयोजनाको म्याद थप हुन गएको छ, जुन ४ खर्बको छ, एक वर्षभित्रमा त्यो रकम सरकारले कसरी व्यवस्थापन गर्छ ? सरकारले भुक्तानी तालिका बनाउनु पर्‍यो। र त्यो स्रोत देखाउनु पर्‍यो ।’

अध्यक्ष सिंहले हिजोको सरकारले गरेको गल्तीलाई वर्तमान सरकारले सच्चाउनु पर्ने भन्दै निमार्ण व्यवसायीले गरेको कामको भुक्तानी र अगामी दिनमा हुने कामको सुनिश्चितता गर्नु पर्ने बताए ।

यस्तै, उनले विगतमा जस्तै म्याद थप गर्दै जाने हो भने निमार्णको कार्य सम्पन्न हुन नसक्ने बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:३७
Weather Update