News Griha :: न्यूजगृह
संसद खुलाउन तीन दलका शीर्ष नेताको बैठक जारी

काठमाडौं— प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा जारी छ ।

सदनको गतिरोध, संसदीय समितिका सभापतिहरूको चयनलगायतका विषयमा आजको बैठक केन्द्रित हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ङ र सो पार्टीका प्रमुख सचेतक हितराज पाण्डे उपस्थित रहेका छन् ।

यस्तै, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

यही साउन १० गतेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएर पक्राउ परेको सुन प्रकरणबारे उच्च स्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ । त्यसपछि दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको स्थितिमा शीर्ष नेताको छलफल भएको हो ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:२७
Weather Update