News Griha :: न्यूजगृह
गृह मन्त्रालयले जाजरकोट र अछाममा पठायो नयाँ सीडीओ

काठमाडौं— गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको छ ।

जाजरकोटको रिक्त सीडीओमा उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् । अछाममा सीडीओ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेकाले उनको ठाउँमा उपसचिव शरदकुमार पोखरेललाई जिम्मेवारी दिइएको छ ।

सुनार मोरङमा सहायक सीडीओका रूपमा कार्यरत थिए । बाँकेमा सहायक सीडीओ तथा डोल्पा र बझाङमा सीडीओ भइकेको अनुभव छ ।

त्यस्तै, पोखरेललाई मुगु र दार्चुलामा सीडीओ भइसकेको अनुभव छ । राष्ट्रिय परिचय पत्र विभाग तथा प्रहरी किताब खानाको निर्देशकसमेत रहेका उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक सीडीओ भएर काम गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:२४
Weather Update