जाजरकोट र अछाममा नयाँ सीडीओ

काठमाडौं— गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडीओ) पठाएको छ।
जाजरकोटमा उपसचिव सुरेश सुनार र अछाममा उपसचिव शरदकुमार पोखरेललाई खटाइएको छ । जाजरकोटमा सीडीओ पद रिक्त थियो । अछामका सीडीओ शिवराम न्यौपानेले भने स्वास्थ्य समस्याका कारण मन्त्रालयमा सरुवा मागेका थिए ।
सुनार मोरङमा सहायक प्रजिअका रूपमा कार्यरत थिए। बाँकेमा सहायक सीडीओ तथा डोल्पा र बझाङमा सीडीओ भइसकेको अनुभवसमेत उनीमा छ ।
त्यस्तै पोखरेलसँग मुगु र दार्चुलामा सीडीओ भइ काम गरेको अनुभव छ ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० १०:५७













