माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं— सत्तारुढ नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सोमबार सिंहदरबारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार सकिएको केन्द्रीय समितिका निर्णयहरू जानकारी गराएको माओवादीका सांसद माधव सापकाेटाले जानकारी दिए ।
त्यसैगरी बैठकमा संसदीय समितिका सभापतिबारे पनि छलफल भइरहेको सांसद सापकोटाले जानकारी दिए । बैठकमा सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रको रिपोर्टिङ गरेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० ०९:३०













