News Griha :: न्यूजगृह
देशका विभिन्न भागमा भारी वर्षा

काठमाडौं— देशका विभिन्न भागमा गएराति भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाले नवलपरासीको परासी, रूपन्देहीको तिलोत्तमा, कास्कीको ज्यामिरेबारी, सिकलेश, लुम्ले र आसपास भारी वर्षा भएको जनाएकाे छ ।

उक्त जिल्ला तथा आसपास भएर बहने स–साना नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले ६ घण्टा सतर्कता अपनाउनु पर्ने महाशाखाकाे भनाइ छ ।

झापाको बुधबारे, शनिश्चरे, विर्तामोड र आसपासमा पनि भारी वर्षा मापन भएको छ । उक्त क्षेत्रमा थप वर्षाको सम्भावना रहेको छ ।

त्यसैले विरिङ, अदुवाखोलालगायत आसपासका खोलामा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०६:१५
Weather Update