News Griha :: न्यूजगृह
शिक्षा ऐन : राहत शिक्षक सडकमा आउने 

काठमाडौं— सरकारले संघीय संसदमा टेबुल गर्न लागेको शिक्षा विधेयकले राहतका शिक्षकलाई सम्बोधन नगरेको भन्दै उनीहरूले सडक आन्दोलन गर्न लागेका छन् ।

शिक्षा ऐनमा आफूलाई नसमेटेकाको भन्दै राहत शिक्षक आन्दोलनमा उत्रन लागेका हुन् ।आन्दोलनलाई सशक्त बनाउन बैठक बसेर आन्दोलनको घोषणा गर्ने उनीहरूकाे तयारी छ । 

शिक्षा विधेयकको अहिले आलोचना र चौतर्फी विरोध भइरहेको छ । प्रदेशदेखि जिल्लामा कार्यरत शिक्षक एकैसाथ आन्दोलनमा उत्रने राहत शिक्षकहरू बताउँछन् ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १७:५७
Weather Update