News Griha :: न्यूजगृह
बैठकपछि पार्टी भावनात्मक रुपमा एक भएको प्रचण्डको दाबी 

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भावनात्मक रुपमा एक ढिक्का भएको दाबी गरेका छन् । 

पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले आफूहरू एक ढिक्का भएको र पार्टी नयाँ ढंगले अघि बढ्ने बताएका हुन् ।

‘विचार र राजनीतिमा मात्र एकमत भएका छैनौँ, मेरो विश्वास छ, र म घोषणा गर्न सक्छु, आम मिडियामार्फत जनतासामु भन्न चाहन्छु, सबैका निम्ति यो खुसीको कुरा हो, हामी भावनात्मक रुपले पनि एकजुट भएका छौँ,’ उनले भने, ‘अब माओवादी फेरि जागेको छ, माओवादीले देशको नेतृत्व लिने गरी अगाडि बढ्ने छ  ।’

आफूहरू अब जनताको भावनालाई सम्बोधन गर्ने बाटोमा कुनै सम्झौता नगर्ने उनको उद्घोष थियो । ‘नेपाली जनताको चाहना र भावनालाई सम्बोधन गर्न जस्तो सुकै त्याग र बलिदान गर्न तयार छौँ, बीचमा कता कता केही अन्यौलमा परेको जस्तो भएको थियो,’ उनले थपे, ‘यो बैठकले नयाँ उज्यालो पार्टीलाई र देशलाई दिएको छ ।’

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १७:३१
Weather Update